काठमाडौं, ४ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधनको विरुद्ध रहेका आठ दलहरूको बैठक बोलाएको छ ।
सिंहदरबारमा बिहान नौँ बजे बस्ने आठ दलको बैठकमा संसदमा कसरी पेश हुने भन्ने विषयमा रणनीति तयार पार्ने बुझिएको छ ।
स्रोतका अनुसार विपक्षमा रहेका दलहरूले संशोधन प्रस्ताव सदनमा पेश गर्ने तयारी भएमा त्यसलाई कुनै पनि हालतमा छिर्न नदिने बताउँदै आएका छन् ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालका अनुसार सदनमा संशोधन विधेयक पेश गर्ने तयारी भयो भने त्यसको आफूहरूले कडा मुकाबिला गर्ने चेतावनी दिए ।
एमालेसहितका आठ दलहरूले संविधान विधेयक राष्ट्रघाती भएको भन्दै विरोधमा सदन अबरोध गर्दै आएका छन् ।
संविधान संशोधन विधेयकको विपक्षमा एमाललाई राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल, नेपाः पार्टीसहितका दलहरूले साथ दिएका छन् ।











प्रतिक्रिया