४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री, सभामुख र प्रमुख तीन दलबीच छलफल हुँदै

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । एमालेको अवरोधपछि सदनमा गतिरोध देखिएपछि त्यसको अन्त्य स्वरुप सभामुख ओनसरी घर्तीले आज प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी छिन् ।

बिहान एघार बजे हुने छलफलमा संसदको गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री दाहालसँगको सल्लाहमा घर्तीले तीन ठूला दलका शीर्ष नेताहरूको बैठक बोलाएको जनाइएको छ ।

शीर्ष बैठकमा तीन दलका प्रमुख सचेतकहरूको पनि सहभागिता रहनेछ । बैठकमा आजको संसद बैठकमा संविधान संशोधनको विधेयकलाई अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।

एमालेले संविधान संशोधनको प्रस्तावलाई फिर्ता गर्नुपर्ने माग गर्दै संसद बैठक अबरोध गर्दै आएको छ ।