१ कार्तिक २०८३, शनिबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । खाना पकाउने एलपी ग्यासको भने मूल्य बढाइएको छैन ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले तेलको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको छ । ९७ रुपैयाँबाट अब पेट्रोलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ ।

डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ५० बढाइएको छ । अब दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।