३१ आश्विन २०८३, शनिबार

कथित ‘डन’ चक्रे मिलनले किन गरे पत्रकार सम्मेलन ?

26.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । प्रथम आइकेकेएफ नेपाल क्योकुशिन करातेँ राष्ट्रिय च्याम्पियनसिप पौषको अन्तिम साता हुने भएको छ ।

नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघ स्थापना भएको एकवर्षमै संघले पहिलोपटक सर्बाधिक नगद राशीको प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष कथित डन चक्रे मिलन अर्थात मिलन गुरुङले बताए ।

राजधानीका कहलिएका गुन्डा नाईके चक्रे मिलन प्रहरीको निगरानी सूचीमा रहँदै आएका छन् । तर उनी पछिल्लो समयमा आफ्नो पहिचानलाई अलिक फरक ढंगले प्रस्तुत गर्ने प्रयासमा छन् ।

लाजिम्पाटस्थीत आइतबार पत्रकार सम्मेलन गर्दै पौष २२ र २३ गते प्रतियोगिता आयोजना गरिने महासचिव प्रेमनाथ श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा २२ जिल्लाका खेलाडीले विभिन्न तौलसमुहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ६ तौलसमुहका २ सय १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ ३० केजीमुनि,३५ केजीमुनि,५० केजीमुनि,६०केजीमुनि र ६० केजीभन्दामाथी तथा महिलामा खुल्लातर्फ प्रतिस्पर्धा हुनेछन् । त्यसका लागि जिल्लाबाट निश्चित मापदण्ड अनुरुप छनोट गराइने उपाध्यक्ष राजिव महर्जनले बताए ।

प्रत्येक तौल समुहका उत्कृष्ट पाँचलाई नगद पुरस्कार प्रदान गरिनेछ । पहिलोदेखि पाचौँ हुनेलाई क्रमश,२० हजार,१० हजार,५ हजार,२ हजार ५ सय र एक हजार दुई सय प्रदान गरिने महासचिव श्रेष्ठले जनाए । संघका अर्का उपाध्यक्ष आरके श्रेष्ठले प्रतियोगिताका लागि आवश्यक वजेट स्वदेश र विदेशमा रहेका पुर्व खेलकर्मि तथा खेलप्रेमिहरुले ब्यक्तिगत प्रायोजन गरेको जनाए ।

प्रतियोगिताका लागि कुल २१ लाख ५६ हजार अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ । गत वर्षको माघमा स्थापना भएको संघले यस खेलका सस्थापक क्यान्जो तेयुव अजिजोवको प्रशिक्षणमा प्रथम अन्तराष्ट्रिय सेमिनार समेत गरेको महासचिव प्रेमनाथले बताए ।

संघका अध्यक्ष गुरुङले नेपाली खेलक्षेत्रमा केही योगदान पु¥याउन आफ्नो नेतृत्वमा रहेको युवा टिमले प्रतिभा खोज्ने उद्देश्यले खेल आयोजना गर्न लागेको बताए ।

गुरुङले भने“राज्यबाट हामीलाई केही सहयोग भएको छैन् । पहिलो पटक प्रतियोगिता गर्दैछौँ । त्यसैले कर्पोरेट हाउससम्म समेत पुग्न सकेका छैनौँ । तर पहिलो प्रतियोगितालाई लोकपृय बनाएर भविष्यमा बृहत बनाउने लक्ष्य लिएका छौँ ।”