काठमाडौं, २ पुस । नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली विजयी भएको छ ।
नेपाल र मलेसियाको महिला टिमबीच शनिबार एन्फा कम्लेक्स सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा नेपालले १–० गोल अन्तरले जितेको हो ।
नेपालको जितका लागि सावित्रा भण्डारीले २७ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियाको महिला फुटबल टोलीसँग अभ्यास खेल खेलेको हो ।
साफ च्याम्पियनसिपमा सार्कका सात देशको सहभागिता छ । प्रतियोगितामा पाकिस्तानले सहभागिता जनाएको छैन ।
नेपाल रहेको समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै समूह ‘बी’ मा आयोजक भारतसँगै बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगिता पुस २० गते सकिने छ ।
















प्रतिक्रिया