३१ आश्विन २०८३, शनिबार

गुल्मीका सिडिओले आन्दोलनकारीसंग माफी मागे

88.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २ पुस । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांनाले माफी मागेका छन् । प्रहरी प्रशासनबाट प्रहरी र बन्दकर्ताबीच झडप प्रति दुःख व्यक्त गर्दै प्रहरी र प्रशासनबाट कमीकमजोर स्वीकार गर्दै माफी मागेका हुन् ।

शनिवार सांसद कमला बिश्वकर्मा सहित जिल्लास्थित संयुक्त संघर्ष समिति, बिभिन्न राजनीतिक दलका प्रमुखहरु, पत्रकार, नागरिक समाज र सुरक्षाकर्मीहरुबीच बसेको बैठकम उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैै प्रशासनको कमजोरी महसुस गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने समेत बताए ।

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला प्रशासनमा ताला लगाएर शान्तिपूर्ण धर्नामा बसिरहेका आन्दोलनकारी माथी प्रहरी र जिल्ला प्रशाासनबाट लाठीचार्ज अश्रुग्यास र ढुङ्गा प्रहार भएको घटानामा प्रमुख जिल्ला अधिकारी ढुगांना दोषी भएको भन्दै संयुक्त संघर्ष समितिले माफी मागे आग्रह गरेका थिए । संघर्ष समितिले झडपमा संसद कमला बिश्वकर्मा सहित धेरै घाइते हुने गरिभएको दमनबिरुद्ध उत्रिने बताएपछी प्रजिअले माफी नमागेसम्म अन्य विषयमा छलफलन नहुने बताएका थिए ।

झडपमा प्रहरीले आदेसभन्दा बिपरित गएको भन्दै छानबिन गरिने प्रजिअ ढुगांनाले बताए । उनले अन्य दिनहरुमा हुने शान्तिपूर्ण आन्दोलनमा यस्तो घटना नदोरिने भन्दै आन्दोलनरता पक्षलाई शान्पिूर्ण आन्दोलन गर्न आग्रह गरे ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला र धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले हटाउन खोज्दा दुबै पक्षबीच झडप भएको थियो । झडपमा नेकपा मालेकी सांसद कमला विकसहित दुई दर्जन आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ ।

झडपमा ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अश्रुग्यास प्रहार भएको थियो । झडपका कारण शुक्रवार तम्घास करिव तिन घण्टा तवानग्रस्त बनेको थियो । आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका थिए ।

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १८ औं दिनदेखि बन्द हुदै आएको छ । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् ।