काठमाडौं, १ पुस । श्रीलंकामा जारी एसीसी यू-१९ एशिया कप क्रिकेट अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ ।
कोलम्बोमा नेपालले दिएको दिएको १७३ रनको लक्ष्य ४ विकेट गुमाएर ३३.३ ओभरमा पूरा गर्दै भारतले नेपालमाथि ६ विकेटको जित हासिल गरेको हो ।
टस जितेर व्याटिंगमा उत्रिएको नेपालका लागि रोहितकुमार पौडेलले अविजित ६८ रन बनाए । दिपेन्द्र ऐरीले ३४ रन जोड्दा निर्धारित ५० ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा १७२ रन बनायो ।
भारतका शुभमान गिलले ५७ रन बनाए । हिमान्शु रानाले ५१, प्रियम गार्गले ३६ रन जोड्दा भारतले ३३ दशमलब ३ ओभरमै १७३ रनको विजयी लक्ष्य भेट्टायो ।
यअसघि विहिबार आयोजक श्रीलंकासँग भएको खेलमा नेपाल १ रनले पराजित भएको थियो । आजको हारसँगै एशिया कपमा नेपालको यो दोस्रो हार हो ।















प्रतिक्रिया