काठमाडौं, १ पुस । श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिला व्याटिंग गरेको नेपालले भारतसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । र, भारत जवाफी व्याटिंगमा छ ।
भारतविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । ६१ बलमा पाँच चौकासहित ५१ रन बनाएका भारतका महत्वपूर्ण व्याट्सम्यान हिमान्शु रानालाई नेपालका पवन सर्राफले आउट पारेका छन् ।
यसअघि कप्तान सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए । दोस्रो ओभरको दोस्रो बलमा लामिछानेले भारतका पृथ्वी शाहलाई आउट गरेका थिए ।












प्रतिक्रिया