४ मंसिर २०८३, शुक्रबार

सम्पत्ति ‘लुकाएको’ भन्दै प्रचण्डको चर्काे आलोचना (हेर्नुस् कसले के भने ?)

43.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । सम्पत्ति विवरणलाई लिएर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक विवादमा तानिएका छन् । सामाजिक सञ्जालहरुमा उनको चर्को विरोध र आलोचना भइरहेका छन् । केहीले नराम्रोसँग व्यंग्य समेत गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार साँझ वर्तमान सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो । जसमा प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा तीन तोला सुन र चितवनमा एक कट्ठा जमिन मात्र उल्लेख छ । उनको व्यक्तिगत सम्पत्ति भने विवरणमा देखिएको छैन् ।

सामाजिक सञ्जालमा कतिसम्म दोहोरी देखिएको छ भने कतिले ‘गरिब प्रधानमन्त्रीलाई सहयोग गर्छौ’ भन्दै व्यंग्य हानेका छन् भने कतिपयले चाँहि ‘बिचरा केही रहेनछ, कचौरो लिएर जनता माझ जाने कि कमरेड ?’ भन्दै व्यंग्य ठोकेका छन् ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ‘प्रचण्डको अन्य सम्पत्ति देखाउनेलाई त्यो सम्पत्ति उसकै नाममा गरिने’ जबाफ फर्काएका छन् ।

हेर्नुस् केही प्रतिनिधिमुलक प्रतिक्रियाः

चुडामणी कलौनी फेसबुकमा सोध्छन्- गरिब देशको दोश्रो गरिब प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ३ तोला सुन र १ कट्ठा जग्गा मात्र रे ?

हामी जान्न चाहान्छौः

१. नेपाल ग्यास कस्को ? २. एनसेलको १ अर्ब को शेयर कस्को ? ३. भाटभटेनीको शेयर कस्को ? ४. चन्द्रागिरी केबलकारको शेयर कस्को ? ५. बानेश्वरको मुक्ति टावर कस्को ? ६. रेडियो थाहा सञ्चारको संयोजनमा देशभरिका ६० ओटा रेडियो सुमार्गी ग्रुपको नामको ९१५ शेयर कस्को ? ७. लाजिम्पाटको १६ करोड मूल्य बराबरको घर कस्को ? ८. इटहरीको होटल गरिमा को ४९५ सेयर कस्को ? ९. बालाजुको मितेरी हस्पिटल को ५०५ र नोबेल हस्पिटल को ३९५ शेयर कस्को ? १०. स्वीस बैंकमा आयआर्जनको नाममा राखेको ४ अर्ब कस्को ? ११. पोखराको प्रकाश टावर कस्को ? १२. घरमा रहेको भनिएको १० तोला सुन कस्को ? १३. २ करोड ५० लाख मूल्य बराबरको बुलेट प्रुफ गाडी कस्को ? १४. महंगा मोबाइल तथा हाल प्रयोग गर्दै गरेको सुन कस्को ? १५. चितवनको १ कठ्ठा जमिन कस्को ? १६. पुष्टि हुन बाकी अरबौ को सम्पत्ति कस्को ?

बिचरा केही रहेनछ, कचौरो लिएर जनता माझ जाने कि कमरेड ?

प्रकटकुमार फेसबुकमा लेख्छन्- त्यो तीन तोला सुन तीनजना बुहारीलाई एक एक तोला भाग लगाउनुस् प्रधानमन्त्री ज्यू । तपाई सर्वहारा हो । धन्यवाद ।