३१ आश्विन २०८३, शनिबार

अन्तर क्लबस्तरीय रग्वी सेभेन्सको उपाधि आर्मी र गोर्खालीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ३० मंसिर । अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जितेको छ ।  दशरथ रंगशालामा बुधबार भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आर्मी एले गोर्खालीको पुरुष टिमलाई ५­­­­­–० स्कोरले पराजित गर्दै पहिलो पटक भएको क्लबस्तरिय रग्वीको उपाधि उचाल्न सफल भएको छ ।

निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा टुंगीयो । अधिकांश राष्ट्रिय टिमका खेलाडी रहेको गोर्खाली क्लब दोस्रो हाफमा आर्मीसँग निरह बन्यो । दोस्रो हाफको शुरुआतमै आर्मीले ट्राई गर्न सफल भयो ।

आर्मीका रमित कुमालले ट्राई गर्दै अग्रता दिलाए । त्यसपछि प्राप्त कनभर्जन किक प्रहार गर्न आर्मी असफल भएपछि ५ स्कोर मात्र प्राप्त ग¥यो । तर बाकी समयमा गोर्खालीले ट्राई गर्न नसकेपनि ५स्कोरनै आर्मीको जितका लागि प-याप्त भयो ।

प्रतियोगितामा गोर्खालीका नविन गीरी बेस्ट प्लेयर चूनिए । नविनले पाँच ट्राई गर्दै सर्बाधिक २५ स्कोर गरेका थिए । पुरुषमा काभे्रको आकाश भैरव तेस्रो भयो ।

महिलातर्फ भने गोर्खाली रग्वी क्लबले उपाधि हात पा-यो । फाइनलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी  क्लबलाई २०­—१७ स्कोरले हराउदै उपाधि हात हात पारेको थियो । नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो ।

महिलातर्फ उत्कृष्ट खेलाडी काठमाडौंकी मनीषा थापा मगर भइन् । प्रतियोगितामा महिलतर्फ चार टिम र पुरुषमा ७ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो ।

प्रतियोगिताको विजेताले ट्रफी तथा मेडल र दोस्रो हुने टिमले मेडल प्राप्त गरे । प्रतियोगिताको विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ र उपाध्यक्ष गोविन्द भटृराई लगायतले पुरस्कृत गरे ।

प्रतियोगिताबाट थाइल्याण्डको बैकंकमा हुने एसिया रग्वी सेभेन्स ट्रफिका लागि पहिलो चरणमा पुरुष र महिलामा समान २० खेलाडी छनोट  गरीने संघ सचिव गोविन्द घिमिरेले बताए ।

प्रतिगोगितामा सहभागी क्लबबाट छिटृै खेलाडी छनोट गरि बन्द प्रशिक्षण गरिने महासचिव चेतनराज गीरीले बताएका छन् । महिला र पुरुषतर्फ समान १२ सदस्यीय खेलाडी छनोट गरिनेछ ।

उक्त एसिया रग्वी सेभेन्स ट्रफि आगामी वर्षको फेब्रुअरी १९ देखि २१ सम्म हुनेछ ।नेपालले यसअघि प्री–ओलम्पिक क्लालिफायर र एसिया रग्वी डेभलभमेन्ट सेभन्स भारतको चेन्नाईमा खेलेको थियो ।