४ मंसिर २०८३, शुक्रबार

स्वास्थ्यमन्त्री गगन थापाको सम्पत्ति कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा तीन तोला सुन र चितवनमा एक कट्ठा जमिन रहेको छ ।

स्वास्थ्यमन्त्रीको कति ?

मन्त्रिपरिषद्को कार्यालयद्धारा सार्वजनिक विवरणमा स्वास्थ्यमन्त्री गगन थापाको व्यक्तिगत सम्पत्ति थोरै देखिएको छ र, शेयरमा भने उनी धनी देखिएका छन् ।

विवरणअनुसार आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा गगनको शेयर रहेको छ । नगद पैसामा उनसँग बैंकमा रहेको ४ हजारसहित ९ हजार मात्र छ ।

उनले आफ्नो परिवारिक तथा पैतृक सम्पत्तिको विवरण पनि खुलस्त सार्वजनिक गरेका छन् । जसअनुसार श्रीमती अन्जनाको नाममा भने २० लाख बढी नगद छ । श्रीमतीको पेवा, दाइजो, पैत्रिक तथा स्वआर्जन सबै गरेर १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना रहेको विवरण गगनले मन्त्रिपरिषदमार्फत सार्वजनिक गरेका छन् ।

मन्त्री क्वार्टर छाडेर काठमाडौंको रातोलुपमा आफ्नै घर तथा जग्गामा बस्दै आएका गगनको दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा उनको बुबाको नाममा छ ।