– कृष्ण ओझा
पाँचथर, २९ मंसिर । पाँचथमा पूर्वाञ्चलबाट बुद्धिचाल खेलमा ५ महिला सहित १२ खेलाडी मंगलबार छनौट भएका छन् ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बुद्धिचाल प्रतियोगितातर्फ पूर्वाञ्चलबाट ७ पुरुषसहित ५ जना महिला खेलाडी छनौट भएका छन् ।
छनौट हुनेहरुमा झापाका प्रकाश नेपाल, सुनसरीका प्रज्वल घिमिरे, धनकुटाका सुमन श्रेष्ठ, भोजपुरका सुमन राई, सप्तरीका पिण्डेश्वर दास, झापाका राजन सुवेदी र उदयपुरका परशुराम राई छनौट भएका हुन् ।
महिलातर्फ झापाकी कृपा अधिकारी, किरण प्रसाई, ताप्लेजुङकी सुशिला गुरुङ, झापाकै खुस्बु थापा र मोरङकी आश्मा थापा छनौट भएकी छन् ।
पाँचथरको फिदिममा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको छनौट प्रतियोगितामा पूर्वाञ्चलका ६५ जना बुद्धिचालका खेलाडी सहभागी भएको जिल्ला बुद्धिचाल संघका अध्यक्ष गजेन्द्र माबोले बताएका छन् ।
खेल बनिबार एमालेका पूर्व सांसद तथा प्रभावशाली युवा नेता बसन्त कुमार नेम्वाङले उदघाटन गरेका थिए ।
















प्रतिक्रिया