४ मंसिर २०८३, शुक्रबार

राष्ट्रियताको मुद्दामा मोर्चा बनाएर सामूहिक प्रतिवाद गर्न ओली र विजुक्छे सहमत

27.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-narayanman-bijukche

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल नेपाल मजदुर किसान पार्टीबीच राष्ट्रियताको मुुद्दामा वामपन्थी मोर्चा बनाउने समझदारी भएको छ ।

दुबै दलका अध्यक्षबीच केपी शर्मा ओली र नारायणमान विजुक्छेबीच बुधबार विहान भक्तपुरमा भएको भेटवार्तामा राष्ट्रियताको मुुद्दामा वामपन्थीबीचको मोर्चा बनाएर सामूहिक प्रतिवाद गर्ने सहमति भएको हो ।

विजुक्छे भेट्न बुधबार विहानै एमाले अध्यक्ष ओली भक्तपुरस्थित विजुुक्छेको निवास पुगेका थिए ।

नेमकिपाका नेता प्रेम सुवालका अनुसार भेटमा दुबै नेताले वर्तमान सरकार बाह्य निर्देशनमा चलेको निष्कर्ष समेत निकालेका छन् ।

‘सरकारले अघि सारेको संविधान संशोधन प्रस्ताव, त्यसभित्र लुुकेको शक्ति केन्द्रहरुको चाहनाको विषयमा छलफल हुँदा दुबै नेताले बाह्य शक्तिको निर्देशन आएको निष्कर्ष निकाले र अब त्यसकाविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढ्ने समझदारी भयो,’ नेता सुवालले भने ।

भेटमा एमाले अध्यक्ष ओलीले मंगलबार प्रमुख तीन नेताबीच भएको छलफलका विषयमा विजुक्छेलाई जानकारी गराएका थिए ।

चुनावका विषयमा दुई नेताबीच छलफल भएको र सरकारले पहिला चुनावको मिति घोषणा गरेर वाताबरण नबनाएसम्म विश्वास गर्न नसकिने निर्णयमा पुगेको नेता सुवालले बताए ।

‘चुनावको मिति घोषणा भएमा अथवा संविधान संशोधन प्रस्ताव फिर्ता लिएमा संसदको गतिरोध अन्त्य गर्ने निर्णय यथावतै छ,’ उनले भने– ‘आजको भेटमा पनि दुई नेताबीच संविधान संशोधन प्रस्ताव कसरी असफल पार्ने बारेमा पनि गम्भीर छलफल भयो ।’