३१ आश्विन २०८३, शनिबार

इंग्लिस प्रिमियर लिगमा एभर्टनसँग आर्सनल २–१ ले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballलन्डन, २९ मंसिर । इंग्लिस प्रिमियर लिगमा आर्सनललाई एभर्टनले २–१ ले पराजित गरेको छ । यो हारसँगै चेल्सीलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिने मौका आर्सनलले गुमाएको छ ।

मंगलबार राति भएको खेलमा एभर्टनसँग २–१ ले पराजित भएसँगै आर्सनलको शीर्ष स्थानमा फर्किने मौका गुमेको हो ।

एभर्टनका लागि सेमस कोलमेन र विलियम्सले गोल गरेका थिए । आर्सनलले २० औं मिनेटमा एलेक्स सान्चेजको गोलबाट खेलमा अग्रता लिए पनि जोगाउन सकेन ।

हारपछि दोस्रो स्थानको आर्सनलको १६ खेलबाट ३४ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको चेल्सीको ३७ अंक छ ।

यस्तै १६ खेलबाट २३ अंकसहित एभर्टन सातौं स्थानमा उक्लिएको छ । – एजेन्सी