४ मंसिर २०८३, शुक्रबार

प्राधिकरणको ‘एमडी’ बन्न १० करोडको अफर

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-sharmaकाठमाडौं, २९ मंसिर । उर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर लिएर आफूकहाँ आएको खुलासा गरेका छन् ।

मन्त्री शर्माको निजी सचिवालयद्वारा जारी प्रेस नेटमा प्राधिकरणको कार्यकारी निर्देशकका लागि दश करोडको अफर आएको उल्लेख छ । उनले दश करोडको अफर ल्याएर आउने व्यक्तिका विषयमा भने केही बताएका छैनन् ।

तर आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेको उनले दाबी गरेका छन् ।

‘मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाइहरू जस्तो उद्योगपति म पनि हुनसक्थेँ हुँला ! तर मैले त्यो बाटो रोजिन, परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ ।’