काठमाडौं, २८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को केन्द्री कार्यसमितिमा ६ उपाध्यक्ष र ६ महामन्त्री मनोनित भएका छन् ।
मंगलबार पार्टी अध्यक्ष कमल थापाले अन्तरिम विधान तथा पार्टीको एकिकरणको नीति र आधारपत्रमा व्यवस्था भए बमोजिम राष्ट्रिय अध्यक्ष पशुपति राणासँगको सहमतिमा उपाध्यक्ष र महामन्त्रीसहित पदाधिकारी मनोनयन गरेका हुन् ।
सम्भवतः नेपाली राजनीतिक इतिहासमा एउटै पार्टीमा यति धेरै उपाध्यक्ष र महामन्त्री भएको राप्रपा पहिलो पार्टी हो ।
को–को छन् ?
उपाध्यक्षहरु
१. मा. श्री दिपक बोहरा, २. श्री राजीव पराजुली, ३. श्री बुद्धिमान तामाङ्ग, ४. श्री निरञ्जन थापा, ५. श्रीमती प्रतिभा राणा, ६. श्री हरिनारायण यादव ।
महामन्त्रीहरु
१. श्री टंक ढकाल, २. श्री धुव्र बहादुर प्रधान, ३. श्री राजेन्द्र लिङ्गदेन, ४. मा. श्री विक्रम पाण्डे, ५. डा. श्री धवल शम्शेर जबरा, ६. श्री नरेन्द्र चौधरी ।
कोषाध्यक्षहरु
१. श्री उद्धव पौडेल
२. श्री निलकण्ठ काफ्ले
प्रवक्ताहरु
१. श्री ठाकुर प्रसाद शर्मा
२. श्री राजाराम श्रेष्ठ
सहायक प्रवक्ताहरु
१. श्री किरण गिरी
२. श्री मोहन श्रेष्ठ
३. श्री बसन्तमान सिंह अधिकारी
४. श्री राजाराम बर्तौला












प्रतिक्रिया