४ मंसिर २०८३, शुक्रबार

सरकारले नदुखेको कपाल डोरी लगाएर दुखाइरहेको छः चित्रबहादुर केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitra-bahadur-kc

काठमाडौं, २८ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव गलत भएको बताउनुभएको छ ।

सिंहदरबारस्थित नेकपा (एमाले)को संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी ८ दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सरकारले संशोधन विधेयक फिर्ता लिनुको विकल्प नभएको बताउनुभयो ।

सो विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने भन्दै उहाँले थप्नुभयो – ‘संविधाने संशोधन ५ नं क्षेत्रका जनता र संसद्ले चाहेका छैनन्, सरकारले नदुखेको कपाल डोरी लगाएर दुखाइरहेको छ ।’