४ मंसिर २०८३, शुक्रबार

गुल्मीमा लगातार १४ दिनदेखि बन्द, जनजीवन कष्टकर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-banda– अनिल खत्री
गुल्मी, २८ मंसिर । लगातारको अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन कष्टकर बनेको छ ।

सरकारले संबिधान संशोधनको प्रस्तावमा पाँच नम्बरका प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १४ दिनदेखि लगातार बन्द भएको हो । बन्दकर्ताले बिहानैदेखि बन्दा गराउँदै हिँडेका छन् ।

तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सार, सिमलटारीका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउँदै आएका छन् ।