४ मंसिर २०८३, शुक्रबार

तरुण दलको ‘टीके’ कार्यसमितिले आजदेखि जिम्मेवारी लिने, मुख्यालयमा भव्य तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jitjang-bhupendra-and-bidwan-2काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको नयाँ कार्यसमितिले आज आफ्नो पदभार ग्रहण गर्ने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज हुने विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले तरुण दलको नयाँ कार्यसमितिलाई जिम्मेवारी दिनेछन् । तरुण दलको नयाँ कार्यसमितिले आजै पद तथा गोपनीयताको शप लिनुका साथै जिम्मेवारी लिने जारी विज्ञप्तिमा उल्लेख छ ।

पोखरामा सम्पन्न नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन भएको थियो । सहमति गर्ने क्रममा सभापति देउवा निकट जितजंग बस्नेतलाई अध्यक्ष, वरिष्ठ नेता निकट भुपेन्द्रजंग शाहीलाई महासचिव तथा खुमबहादुर खड्का निकटका कोषाध्यक्ष विधान गुरुङ र कृष्णप्रसाद सिटौला निकटकालाई उपाध्यक्ष दिएर भागबण्डा गरिएको थियो ।

पोखरामा आफ्नो पक्ष पराजित हुने देखेपछि सभापति देउवाले सहमतिका नाममा आफू निकट बस्नेतलाई ‘टीक’ अध्यक्ष बनाएको आरोप लाग्दै आएको छ ।

पौडेल समूह निकट मानिने तरुण दलकै केही नेताहरूले अहिलेको ‘टीके’ कार्यसमितिलाई मान्यता दिन नहुने पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।