४ मंसिर २०८३, शुक्रबार

संविधानले सबै जातजातिलाई सांस्कृतिक अधिकार दिएको छ : अध्यक्ष ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, २८ मंसिर । एमालेका अध्यक्ष केपी ओलीले संविधानले सबै जातजाति, भाषाभाषी, धर्म र समुदायको सांस्कृतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् ।

किराँत धर्मालम्बीहरूको उधौली पर्वका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै ओलीले भने, ‘संविधानप्रदत्त अधिकारको व्यवहारमा कार्यान्वय गराउने सन्दर्भमा हामी बीचको एकता झनै अनिवार्य छ ।’ उनले सदियौंदेखि एकताबद्ध रहँदै आएका नेपालीहरू मुलुकको जटिल परिस्थितिमा अझै बढी एकताबद्ध हुनु आवश्यक रहेको बताए ।

‘मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबद्ध भएर अघि बढ्न उधौली पर्वले सबैमा प्रेरणा मिलोस्’, अध्यक्ष ओलीले भनेका छन्, ‘उधौली पर्वको उपलक्ष्यमा एकपटक फेरि समस्त किराँत समुदायमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।’