४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीले बालुवाटार बोलाए कांग्रेस र एमालेलाई, गतिरोध अन्त्यको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar1काठमाडौं, २८ मंसिर । संविधान संशोधनको प्रस्तावसँगै चुलिएको राजनीतिक बिबादलाई समाधान खोज्ने प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरूको बैठक बोलाएका छन् ।

बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आज बिहान बस्ने प्रमुख तीन दलका नेताहरूको बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव र संसदको गतिरोध अन्त्य एवम् स्थानीय निकायको चुनावका विषयमा कांग्रेस र एमालेसँग परामर्श गर्ने बुझिएको छ ।

एमालेले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघातीभन्दै बिरोध गर्न थालेपछि प्रधानमन्त्री दाहाल असजिलोमा परेका थिए । उनले सहमति खोज्ने प्रयास गरे पनि सफल भने हुन सकेका छैनन् ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले अगाडि सारेको प्रस्तावमा एमाले पनि लचक भएकाले सोही विषयमा छलफल गर्न प्रधानमन्त्रीले तीन दलको बैठक बोलाएको बुझिएको छ ।

कांग्रेस र एमाले स्थानीय निकायको चुनाव गर्न तयार छन् । कांग्रेस र एमालेवीचको छलफलमा पनि यसअघि चुनाव गर्ने भए संसदको गतिरोध अन्त्य गर्न तयार भएको समाचार बाहिर पनि आइसकेका छन् ।