४ मंसिर २०८३, शुक्रबार

‘एमालेले संशोधन विधेयक पेश गर्न दिन्न, पेश भइहाल्यो भने पनि फेल हुन्छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yubraj-gyawali-uml– शरद रेग्मी

दाङ, २७ मंसिर । प्रमुख विपक्षी दल एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने चेतावनी दिएका छन् ।

रिपोर्टस् क्लव नेपाल दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले संविधान संशोधन विधेयक संसदमा पेश हुनै नदिने बताए । उनले भने, ‘यदि संसदमा पेश भइहाल्यो भने पनि भोटिङमा फेल गराइदिन्छौँ ।’

संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकारले संशोधनको बखेडा झिकेको भन्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘निर्वाचनको वातावारण गराउनुपर्ने समयमा अनावश्यक समस्या उत्पन्न गरिएको छ ।’

२०७४ सालको माघ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने बताउँदै उपाध्यक्ष ज्ञवालीले निर्वाचन नभएमा संविधानको औचित्यमाथि प्रश्न उठ्न सक्ने बताए ।

एमाले उपाध्यक्ष ज्ञवालीले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन आफूले पहल जारी राख्ने बताए । त्यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।