४ मंसिर २०८३, शुक्रबार

संसदको गतिरोध अन्त्य गर्न राप्रपाको आग्रह, यसरी मिल्यो जिल्लाको बिबाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rpp-kamal-thapa-meetingकाठमाडौं, २७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको गतिरोध अन्त्यका लागि पहल गर्न प्रमुख दलहरूसँग आग्रह गरेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रमुख दलहरूलाई गम्भीर रुपमा प्रस्तुत भइ सदनको गतिरोध अन्त्यका लागि जिम्मेवार बन्न सुझाव दिएको हो । एमालेले संसद अबरुद्ध गर्दै आइरहेका बेला राप्रपाले सम्वादमार्फत गतिरोध अन्त्यको अपील गरेको छ ।

राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार संविधान संशोधनको प्रस्तावका विषयमा यसअघि पार्टीले गरेको निर्णयमा यथावत रहेको जानकारी दिए ।

‘संविधान संशोधनको प्रस्तावमा राप्रपाको पुरानै अडान हो’, उनले भने, ‘संसदको गतिरोधको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनु पर्छ । त्यसका लागि राप्रपाले पनि पहल गर्छ ।’

५ नम्बर प्रदेश टुक्र्याउने गरेर आएको संविधान संशोधनको प्रस्तावको राप्रपाले यथाअवस्थामा स्वीकार गर्न नसकिने भन्दै अडान लिँदै आएको छ । राप्रपाले समर्थन गरेन भने संशोधन प्रस्ताव पारित हुन सक्ने छैन ।

यसैबीच, राप्रपाले पार्टी एकीकरणसँगै पाँच विकास क्षेत्रमा गर्ने भनेको आमसभा र क्षेत्रीय बैठकहरूको मिति तोकेको छ । प्रवक्ता श्रेष्ठका अनुसार मंसिर ३० गते पोखरामा आमसभा हुनेछ । पुसको १ गते पोखरामै क्षेत्रीय बैठक गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

झापामा मंसिर ८ गते आमसभा र ९ गते क्षेत्रीय बैठक तथा भक्तपुरमा पछि मिति तोक्ने गरेर आमसभा गर्ने निर्णय पनि भएको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले दुई राप्रपा समायोजनका क्रममा जिल्लहरूमा देखिएको बिबाद अन्त्य गर्ने निणर्य गरेको छ ।

महाधिवेशनसम्म एक–एक महिना अध्यक्षको जिम्मेवारी लिने गरेर जिल्लाको बिबाद मिलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाको ५५ जिल्लाहरू एकीकरण भइसकेका छन् । १२ जिल्लामा नेतृत्वलाई लिएर बिबाद छ । कार्यसम्पादन समितिको बैठकको निर्णयसँगै ती बिबादित जिल्ला पनि मिल्ने छन् ।