४ मंसिर २०८३, शुक्रबार

निर्वाचन टार्न संशोधन प्रस्ताव ल्याइयो: नेता आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim acharya1

पाँचथर, २७ मङ्सिर । नेकपा एमालेका सचिव भीम आचार्यले निर्वाचनलाई टार्ने उद्देश्यका साथ सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाउनुभएको छ ।

सदरमुकाम फिदिममा आज बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उहाँले जनताको चाहान र इच्छा विपरीत ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित हुन नदिने बताउनुभयो ।

संविधान कार्यान्वयन गराउनुभन्दा पनि सरकार प्रदेश नं ५ टुक्र्याउन लागिपरेको बताउँदै भाषा र नागरिकताको विषयमा समेत अहिलेको सरकारले गलत निर्णय गरेको सचिव आचार्यको टिप्पणी थियो । उहाँले सरकारले एमालेसँग छलफल नगरी संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजेको उल्लेख गर्नुभयो ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सचिव आचार्यसहित शेरधन राई, जगनाथ खतिवडालगायतका नेताहरु पाँचथर आउनु भएको छ । रासस