४ मंसिर २०८३, शुक्रबार

संशोधन विधेयक फिर्ता नलिए आन्दोलनको आँधीबेहरी : अध्यक्ष न्यौपाने

47k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badriprasad-neupaneइनरुवा, २७ मंसिर । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले नेपाली जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको संविधान संसोधन विधेयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन् ।

सनसरीको इनरुवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले मिलेर बसेका नेपालीहरूलाई मधेस र पहाडका नाममा टुक्र्याउने र मुलुकको सामाजिक सदभावलाई क्षतविक्षत बनाउने योजनासहित ल्याएको संसोधन विधेयक फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरिरहेको भन्दै जनताको भावनालाई बेवास्ता गरिरहे आन्दोलनमा जानुको विकल्प नहुने स्पष्ट पारे ।

अध्यक्ष न्यौपानेले भने, ‘चुरेभावर आन्दोलनबाटै जन्मिएको शक्ति हो, हामीले आन्दोलन गर्न जानेका छौँ । २०६३ साल ७२ सालको आन्दोलन राज्यले विर्सिए जस्तै छ, यस्तै रहे राज्यले यसको मुल्य चुकाउनु पर्छ ।’

उनले अंगिकृत नागरिकलाई उच्चपदमा पुगाउने योजना नेपालकै मूलबासी मधेसी र अन्य समूदायको अधिकार खोस्ने षडयन्त्र भएको भन्दै यसका विरुद्ध सबै नेपालीहरू एक हुनु पर्ने आवश्यकता औल्याए ।

न्यौपानेले अमेरिका र बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा कार्यकारी प्रमुख हुन क्रिश्चियन धर्मालम्बी नै हुनु पर्ने ब्यवस्था विधमान रहेको अवस्थामा बहुसंख्यक हिन्दू समूदाय रहेको नेपाल हिन्दूराष्ट्र हुनु पर्नेमा आफूहरू स्पष्ट भएको बताए । उनले विदेशीको स्वार्थमा ल्याइएको धर्मनिरपेक्षको विषयमा विवाद भएपछि जनमतसंग्रहबाट टुङग्याउनु पर्ने माग गरे ।

मधेसी मोर्चाले फेरि आन्दोलनको धम्की दिइरहेको सन्दर्भ उल्लेख गर्दै उनले मोर्चाले नाकाबन्दीसहितको आन्दोलन गर्दा समेत चुरेभावर प्रदेश बन्द नभएकोले अहिले पनि त्यसलाई असफल बनाएर मुलुकको अखण्डता र सार्वभौमिकता रक्षा गर्न जस्तो सुकै कदम चाल्न पनि आफूहरू तयार रहेको बताए । न्यौपानेले भने, ‘हामी अहिले आन्दोलन तयारी छौँ, त्यसैको तयारीमा अहिले म देशब्यापी दौडाहामा हिँडेको हो ।’