३१ आश्विन २०८३, शनिबार

मध्यपश्चिम बास्केट बलमा दाङ प्रथम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang-basketbal

– दिपक जिएम (आर्जब)

घोराही, २६ मंसिर । मध्यपश्मिाञ्चल स्तरीय बास्केट बल प्रतियोगितामा दाङ प्रथम भएको छ । मध्यपश्मिाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा घोराहीमा आइतबार सम्पन्न अन्तिम खेलमा दाङले सुर्खेतलाई हराउँदै बिजयी भएको हो ।

लिग एवं अंकको आधारमा खेलाइएको प्रतियोगितामा दाङले कूल ३० अंक प्राप्त गरी प्रथम भएको हो । यसैगरी प्रतियोगितामा लिगका आधारमा रोल्पा दोस्रो भएको छ भने सुर्खेत तेस्रो भएको छ । दाङको तर्फबाट प्रज्ज्वल शाह, सुदेशराज श्रेष्ठ, सन्देश श्रेष्ठ, दिपक रोका मगर, प्रतिक कर्माचार्य, नोबेल कुवर मगर, भुगोल कवर मगर, केशव रोका, प्रज्ज्वल सिंह थापा, विपिन केसीले खेल खेलेका थिए । दाङको टिम म्यानेजरमा टोप घर्ती मगर, टीम कोचमा ज्ञानसिंह बुढा रहनुभएको थियो ।

जिल्ला खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षत्ता एवं मध्यपश्चिम खेलकूद विकास समितिका सदस्य प्रदीपकुमार खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण बास्केट बल संघका केन्द्रीय सदस्य वसन्त गिरीले गर्नुभएको थियो ।