महेन्द्रनगर, २५ मंसिर । कञ्चनपुरको जेबी एकेडेमी स्कुलबाट सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ खेलका लागि तीन खेलाडी छनोट भएका छन् ।
कृष्णपुर २ वाणीस्थित स्कुलका प्रिन्सिपल जगदीश सेटीका अनुसार पुरुषतर्फ ७९ केजी लाइट हेवी तौल समूहमा हिक्मत शाही र महिलातर्फ छात्रा हरिना ऐर र भावना शाही राष्ट्रिय खेलकुदमा छनोट भएका हुन् ।
पुस ८ गतेदेखि विराटनगर आयोजना हुने राष्ट्रिय खेलकुदमा जेबी एकेडेमीबाट छनोट भएका हिक्मत शाहीले सुदूरपश्चिमको टिमबाट खेल्ने र दुबै छात्राले कैलालीबाट खेल्ने प्रिन्सिपल सेटीले बताए ।
यसरी भए छनोट भए
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरामा २० देखि २४ गतेसम्म सञ्चालित क्षेत्रीय बक्सिङ छनौट प्रतियोगितामा स्वर्णपदक जित्दै जेबी एकेडेमीका हिक्मत शाही राष्ट्रिय खेलमा छनोट भएका हुन् ।
उनीसँगै क्षेत्रीय खेलमा सहभागी जेबी एकेडेमीका शिक्षक भवानी नाथ योगी, बिद्यार्थी कपिल नाथ, नवीन शाही र राजेन्द्र ठगुन्नाले कास्य पदक जिते । तर, राष्ट्रिय खेलमा छनोट हुन सकेनन् ।
यसअघि नै कैलालीमा भएको प्रतिस्पर्धाबाट महिला बक्सिङतर्फ छात्रा हरिना ऐर र भावना शाही राष्ट्रिय बक्सिङका लागि छनौट भएका थिए ।
स्कुलद्धारा खेलाडी पुरस्कृत
यसैबीच सम्पूर्ण बिजयी खेलाडीलाई जेबी एकेडेमीमा आयोजित एक बिशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमबिक्रम भाट ‘सरल’ले पुरस्कार बितरण तथा बधाई ज्ञापन गर्नुभयो ।
यसैगरि माओवादी केन्द्रकै केन्द्रीय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपमहासचिव नरहरि नाथ योगीले बधाई ज्ञापन गर्नुभयो । छोटो समयमा जेबी एकेडेमीले खेलकुद लगायत सांस्कृतिक र शैक्षिक क्षेत्रमा कञ्चनपुर जिल्लामै चामत्कारिक फड्को मारिरहेकाले आउने दिनमा नमुना सस्थागत बिद्यालयको रूपमा चिनिने बिश्वास बक्ताद्वय ओमबिक्रम भाट सरल र नरहरिनाथ योगीले गर्नुभयो ।
आउदो वर्षदेखि सबै प्रकारका खेलका प्रशिक्षक राखेर खेलाडी उत्पादन गर्ने स्कुलका प्रिन्सिपल जगदीश सेटीले घोषणा गरे ।
















प्रतिक्रिया