काठमाडौं, २५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भए पक्षमा उभिने निर्णय गरेको छ ।
महन्थ ठाकुरको अध्यक्षतामा विजुलीबजारस्थित तमलोपा कार्यालयमा शनिबार साँझ बसेको मोर्चाको बैठकले सरकारले संसदमा दर्ता गराएको प्रस्ताव परिमार्जन गरे संशोधनको पक्षमा उभिने निर्णय गरेको तमलोपा उपाध्यक्ष वृखेषचन्द्र लालले जानकारी दिनुभयो ।
यसअघि मोर्चाले यथास्थितीमा संशोधन प्रस्ताव अस्वीकार गरेको थियो ।
मोर्चाले अहिलेको प्रस्तावमा १० प्रदेशको माग राखेको छ भने पाँच नम्बर प्रदेश टुक्राएर मगरात प्रदेश बनाउन भनिरहेको छ । र, हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने विषय पनि संशोधनमा समेटिनुपर्ने अडान मोर्चाको छ ।
यसैगरी आजको बैठकले आन्दोलनका नाममा मिलेर बसेका नेपाली जनताबीचको सद्भाव नबिथोल्न प्रमुख प्रतिपक्षी एमालेलाई चेतावनी पनि दिएको छ ।












प्रतिक्रिया