४ मंसिर २०८३, शुक्रबार

उदयपुरमा तिर्थयात्री बोकेको बस दुर्घटना: ३ जनाको मृत्यु, १० यात्रु घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Udayapurउदयपुर, २४ मंसिर । सिद्धिचरण लोकमार्गअन्र्तगत उदयपुरको कटारी–घुर्मी सडक खण्डको लेखानी गाबिस ६ चनौटे (भदौरे)मा शुक्रबार विहान तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीन जना यात्रुको घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेहरुमा सप्तरी मघुपट्टी ६ की ३३ बर्षीया कुसुमदेवी राम र ६० बर्षीया सरस्वतीदेवी राम र अर्का एक सनाखत हुन नसकेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो । पुर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक स्थल खोटाङको हलेसी मन्दिर पुगेर घर सप्तरीतर्फ फर्कदै गरेको ना.४.ख. ३६२० नम्वरको रिर्जव यात्रुवाहक बस सो ठाउँमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरन्जिवी कोईरालाले बताउनुभयो ।

४२ जना याुत्र बोकेर फर्कदै गरेको उक्त बस सडकबाट २५ मिटर तल भीरमा खसेको डिएसपी कोईरालाले बताउनुभयो । दुर्घटना स्थल विकट पहाडी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा असहज भएको उहाँको भनाई छ । घटनास्थलमा कटारीबाट एम्बुलेन्स सहित सशस्त्र र नेपाल प्रहरी लगायतको टोली पुगेको छ ।

दुर्घटना स्थल उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ३४ किलोमिटर माथि पहाडी भेगमा पर्दछ । यात्रुबाहक बसको ब्रेकको नट खुस्की दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।