४ मंसिर २०८३, शुक्रबार

कांग्रेस, एमाले र माओवादीलाई मिल्न एमाले नेता नेम्वाङले दिए नयाँ ‘टिप्स’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlकाठमाडौं, २४ मंसिर । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले चुनावको घोषणा गरेर त्यसको वातावरण बनाउने हो भने आफूहरूले सबै सहयोग गर्ने बताएका छन् ।

बिहीबार बेलुका संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अनौपचारिक छलफलका क्रममा उपनेता नेम्वाङले भने, ‘एमाले चुनावका लागि सरकारलाई सबै सहयोग गर्न तयार छ । तर सरकार भने विभिन्न उट्पट्याङ विषय लिएर सहमतिको वातावरण विगार्न लागेको छ ।’

निर्वाचनको वातावरण बनाइ चुनावको मिति घोषणा गरियो भने एमालेले निर्वाचनसम्बन्धि कानून संसदबाट पारित गराउन भूमिका खेल्ने उनले बताए ।

प्रमुख दलहरू मिलेकै कारण संधिवधान जारी भएको स्मरण गर्दै एमालेका उपनेता नेम्वाङले भने, ‘प्रमुख दलहरू मिलेर अगाडि बढ्न भन्ने पक्षमा केही शक्ति लागिरहेका छन् ।’ प्रमुख तीन दल मिल्ने हो भने मुलुकमा अहिले देखिएको सबै समस्याको समाधान निस्कने नेम्वाङको भनाइ थियो ।

उनले समस्याको समाधान खोज्नका लागि सरकारले पहल नगरेको आरोप पनि लगाए । ‘सहमति खोज्न जसरी सरकार लाग्नु पर्ने हो त्यसो गरेको पाइएन’, उनले भने ।