काठमाडौं, २४ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदमा पार्टीको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारमा अपरान्ह बस्ने बैठकमा संसदमा पार्टीको प्रभावकारी भूमिका कसरी बढाउने सकिन्छ भन्ने विषयमा छलफल हुने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
‘संसदमा पार्टीको भूमिका प्रभाकारी बनाउने विषयमा छलफल हुनेछ’, उहाँले भन्नुभयो, ‘मुलुकको पछिल्लो राजनीतिक अवस्थामा पनि छलफल हुन्छ ।’
संविधान संशोधनको विषयमा संसद बैठक लगातार अबरुद्ध भइरहेका बेला सत्तारुढ दल राप्रपाले आफ्नो संसदीय दलको बैठक बोलाएको छ ।











प्रतिक्रिया