पोखरा, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउँने पक्रिया थाल्न निर्देशन दिनु भएको हो ।
बिहीबार पोखरा विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री शाहीले यस्तो निर्देशन दिनु भएको हो । पर्यटकीय नगरी पोखरा आउँनु भएका मन्त्री शाहीले विमानस्थल निर्माण प्रक्रियाको जानकारी लिंदै तोकिएको समयसीमा भित्रै विमानस्थल निर्माण कार्य सम्पन्न गर्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री शाहीले विमानस्थला निर्माणका लागि देखा पर्ने नीतिगत समस्या र ऐन कानूनको सहजिकरण गर्न आफू निरन्तर लागेको बताउनु भएको छ । विमानस्थल बन्दैन कि भन्ने पोखरावासीको आशंका चाँडै अन्त्य गर्ने उहाँले बताउँनु भयो । मन्त्री शाहीले भन्नुभयो, ” शिलान्यास भएको एयरपोर्ट अब निर्माणको चरणमा प्रवेश गर्न लागेको छ । विमानस्थल निर्माण हुँदैन कि भन्ने आशंका हटाउँनु र निर्माण कार्य अगाडि बढाउँनु प्रमुख दायित्व हो । आइसियु रहेको विमानस्थल निर्माणको कार्यले सफलता र पूर्णता पाएरै छाड्छ ।”

विमानस्थल निर्माणका लागि आवश्य पर्ने जग्गा अधिग्रहणको कार्य सम्पन्न भैसकेको र वरिपरिको बाटो निर्माण समेत भैसकेकोले अब केहीं दिन भित्रमा नै निर्माण कार्य अगाडि बढ्नेमा मन्त्री शाहीले विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै मन्त्री शाहीले रुपातालको शिरमा रहेको रूपाकोट भ्यू स्थलको उदघाटन गर्दै यसले पोखराम पर्यटन उद्योग प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँनु भयो । पर्यटकीय सम्भावना बोकेको रुपाकोटबाट पोखराका महत्त्वपूर्ण पर्यटकीय फेवाताल , रुपाताल , बेगनासताल र सम्पूर्ण हिमश्रृखलाहरुको एकै पटक दूश्यवलोकल गर्न सकिन्छ । साथै मन्त्री शाहीले पर्यटकीय नगरी पोखराको संस्कृतिक सम्पदा निर्माण गर्नै कार्य आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
















प्रतिक्रिया