४ मंसिर २०८३, शुक्रबार

‘संविधान संशोधन प्रस्ताव पारित गराउन मधेसी मोर्चाले सहयोग गर्ने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajkishwor-yadav-foram-ganatantrikकाठमाडौं, २३ मंसिर । सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित गराउन मधेसी मोर्चा तयार भएको छ ।

बुधबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा मधेशी मोर्चाका नेता राजकिशोर यादवले संविधान संशोधन प्रस्ताव पारित गराउन मोर्चाले सहयोग गर्ने स्पष्ट पारे ।

संविधानमा सर्वस्वीकार्यता बढाउनको लागि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक सकारात्मक कदम भएको उनले बताए । ‘प्रस्ताव आउनु सकारात्मक हो, विषयवस्तुमा छलफल गर्छौं, परिमार्जन भए प्रस्ताव पारित गर्न मोर्चाले सहयोग गर्छ ।’

उनले अहिले लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने काँग्रेस- एमालेका नेताहरु सडकमा उत्रिएको भन्दै व्यंग्य समेत गरे । उनले नेपालको विकासको लागि राज्य पुर्नंसरचनाको आवश्यकता महशुस गरेर विगतमा विभिन्न संघर्ष तथा आन्दोलनहरु भएको उल्लेख गर्दै भने, ‘हामी सबैको ध्येय मुलुकको पुनर्संरचना गर्ने थियो, तर अहिले त ठूला दलका शीर्ष नेताहरुको मनोविज्ञान नै पुनर्संरचना गर्नुपर्नेजस्तो भएको छ ।’

उनले एमाले अध्यक्ष केपी ओलीले संघीयताको सवालमा हालै दिएको अभिव्यक्तिलाई ईंगित गर्दै भने, ‘यसले पनि उहाँको चेतना कति छ भन्ने कुरा देखाउँछ, हामी कता जाँदैछौं भन्ने प्रष्ट हुन्छ ।’

उनले संशोधन प्रस्तावबारे भारतको नाम जोडिनु राम्रो नभएको स्पष्ट पारे । उनले भने, ‘प्रस्तावमा भारतको नाम किन जोडिन्छ, यो प्रस्ताव त नेपाल सरकारले ल्याएको हो नि ?’

उनले ०६४ को मधेश आन्दोलनमा आफूहरुको माग सम्बोधन गर्नको लागि तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन एमाले महासचिव माधव कुमार नेपालले भारत गुहारेको स्मरण गर्दै भने, ‘नेपालको पोलिटिकल डेभलपमेन्टको बारेमा भारतको मात्रै होईन, अरुको पनि चासो छ, हामीसँग यूएनको प्रतिनिधिले भेटेकै हो नि, खै त त्यो चर्चा हुँदैन् ।’