काठमाडौं, २३ मङ्सिर । बङ्गलादेशको भ्रमणमा रहनु भएका ऊर्जामन्त्री जनार्दन शर्माले बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गर्नु भएको छ ।
बुधबार साँझ भएको शिष्टाचार भेटमा उहाँहरुबीच नेपालसँग विद्युतको प्रचूर सम्भावना रहेको र बङ्गलादेशमा ठूलो परिमाणमा विद्युतको माग भएकाले दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे सम्झौता गरी अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।
भेटका अवसरमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विविध विषयमासमेत छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे तथा बङ्गलादेशका लागि नेपाली निमित्त राजदूत डिल्लीप्रसाद आचार्य र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिजमन्त्री नसु्रल हमिद, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोहर रि ज्वी, परराष्ट्र मन्त्राल तथा विद्युत, ऊर्जा तथा खनिज मन्त्रलायका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
















प्रतिक्रिया