१ कार्तिक २०८३, शनिबार

नेपाल टेलिकम र चीनबीच इन्टरनेट सम्झौता, भारतीय एकाधिकार तोडियो

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-nep-telecom

काठमाडौं, २२ मंसिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच आइपी सर्भिस सम्बन्धमा सम्झौता भएको छ ।

टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थानीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी)का कार्यकारी उपाध्यक्ष ओउ यानले मंगलबार हङकङमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेको टेलिकमले जनाएको छ ।

चीनसँग स्थलमार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अरु देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ । भारत हुँदै प्रयोग गरिएको रुटबाहेक इन्टरनेसनल कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प रहेको कम्पनीले जनाएको छ ।