४ मंसिर २०८३, शुक्रबार

दिल्लीको निर्देशनमा संशोधन प्रस्तावः रावल

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawal

बाजुरा, २२ मंसिर । नेकपा एमाले उपाध्यक्ष भीम रावलले विदेशीको इशारामा ल्याएको संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताएका छन् । ‘सत्ता पक्षले चर्काे स्वर संशोधनको ढ्वाङ फुक्नुको कुनै औचित्य छैन्,’ रावलले भने ।

‘बेला–बेला प्रधानमन्त्री जीले शीर्ष नेताहरुको बैठकमा भारतले मानेन् त्यसका पनि संशोधन प्रस्ताव दर्ता गर्नैपर्छ, भन्ने प्रचण्ड जी नेपालीको नेता की भारतको त्यसको जवाफ एमालेलाई चाहिन्छ, नत्र राष्ट्रघात एमालेलाई सह्य हुदैन्।’ 

नेकपा एमाले बाजुराले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संवोधन गर्दै रावलले संविधान संशोधन किन उल्टै प्रतिप्रश्न गरे । बहुसंख्य सांसदहरुले अनुमोदन गरेको संविधानलाई दुईचार जनालाई चित्त बुझेन, छिमेकीले आफू अनुकुल नहुँदा रिसाउन थाल्यो, भनेर संशोधन गर्ने, रावलले थपे ।

दोस्रो ठूलो दल नेकपा एमालेसहित केही राजनीतिक दललाई जानकारी नै नदिई रातारात संशोधन प्रस्ताव दर्ता गर्नु नै आशंकाको विषय बनेको बताए । दिल्लीको निर्देशनले नै राष्ट्र र राष्ट्रियतामाथि प्रहार हुने संसोधन प्रस्ताव दर्ता गरिएको रावलको दाबी थियो ।

‘बेला–बेला प्रधानमन्त्री जीले शीर्ष नेताहरुको बैठकमा भारतले मानेन् त्यसका पनि संशोधन प्रस्ताव दर्ता गर्नैपर्छ, भन्ने प्रचण्ड जी नेपालीको नेता की भारतको त्यसको जवाफ एमालेलाई चाहिन्छ, नत्र राष्ट्रघात एमालेलाई सह्य हुदैन्,’ उनले थपे ।

संविधान कार्यान्वयनमा ध्यान दिएको छैन्, नेपाललाई क्रिडा स्थल बनाउने, भारतको प्रभुत्व कायम गर्ने नियतमा आएको संसोधन प्रस्ताव एमालेले असफल गराएरै छोड्ने दाबी गरे । संविधान जलाउने केही मधेषी भनिएकाहरुले किताब मात्र नजलाई नेपालीको स्वाभिमान र भविष्यलाई नै जलाएको धारणा राखे ।

संशोधन प्रस्तावप्रति निकै आक्रामक देखिएका रावलले संविधान संशोधन नहुने दस्तावेज होइन, तर पनि नेपालको आन्तरिक विषय बारे भारतीय राजदूताबासमा बसेर हकार्ने र डकार्ने दुबै भातमाराहरुलाई कुनै अधिकार नभएको बताए ।

उनले संशोधन प्रस्तावलाई बेमौसमी बाजाको संज्ञा दिए । उनले पाँच नम्बर प्रदेशलाई मधेसमा गाम्ने सपना नदेख्न पनि आग्रह गरे । गाउँ कमिटीमा बस्न क्षमता र हैैसियत नभएकालाई केन्द्रीय कमिटीमा राख्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जीले जंगली स्वभावमा देश चलाउन नखोजे हुन्छ, रावलले चेतावनी दिए ।

bhim-rawal

अर्को प्रसंगमा रावलले टिकापुर घटना २ नम्बर प्रदेशबाट आएका मधेसी भनिएका केही भारतीयहरुले घटाएको समेत बताए । संसदको तलब भत्ता खाने, संविधान सभा भित्र बस्ने तर त्यही संविधान सभाले संविधान घोषणा गरेको दिनलाई कालो दिन घोषणा गर्ने अधिकार कस्ले दियो । त्यो दिन नेपालीका लागि कालो हो, या उज्यालो प्रचण्डले जवाफ दिनुपर्ने बताए ।

केपी ओली नेतृत्वको सरकारले ल्याएका कार्यक्रम कार्यान्वन नहुनु, चीनसँग समदुरीको सम्बन्ध विस्तार गर्न नसक्नु, राष्ट्रघात हुने विषयलाई संसोधन प्रस्तावमा राख्नु नै जनता माथिको अन्याय र राष्ट्र माथिको घात हो, रावलले भने ।

उनले भारतको इसारामा नचलेकै कारण केपी ओलीको सरकार ढल्न पुगेको बताए । ओली नेतृत्वको सरकारले रोडम्याप सहीत योजना बनाएको थियो । तर वर्तमान सरकार निर्वाचन गराउने कुनै योजनामा नरहेको बताए । उनले चुनाव गराएर मात्र देखाउनु होस्, एमालेले पहिलो भयो, भयो, बाजुराबाटै उद्घोष गरे ।

रावल एमालेले सञ्चालन गरेको ४ महिने जनपरिचालन कार्यक्रम अन्तर्गत बाजुरा आएका हुन् । उनले काँग्रेस नेपाल र नेपालीको पक्षमा कहिल्यै नभएको बताए । छ दशक देशको नेतृत्व गर्दादेखि हालसम्म उसले कुनै नयाँ र जनताका पक्षको योजना बजेट नल्याएको दाबी गरे ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुृर थापाले वर्तमान सरकारका कारण नेपालीको आत्मसम्मान गुमेको बताए । यतीबेला नेपालीको शिर झुकाउने काम भएएको छ, अस्तिमा बेचिदै छ, त्यो कुनै हालतमा हुन नदिने उद्घोष गरे । काँग्रेस माओवादीलाई गाली दिएर केही नहुने भन्दै काम देखेर जनताले समर्थन र विरोध गर्ने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, सांसद पेम्बा गुरुग भोटे, बसुन्धरा रोकाया लगायतले संवोधन गरेका थिए । भेलाबाटै जिल्ला स्तरको चार महिने जनपरिचालन अभियानको औपचारिक उद्घाटन गरिएको एमाले जिल्ला अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए ।

कृष्ण ओलीबाट ।