३ कार्तिक २०८३, मंगलबार

स्काईवर्थको नयाँ “भ्याकुम क्लिनर” अब बजारमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

skyworth-company

काठमाडौं, २२ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मोडलका “भ्याकुम क्लिनर” बजारमा ल्याएको छ ।

कम्पनीले भर्खरै बजारमा निकालेको राइस कुकर, माइक्रोवेभ ओभन र डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको वाशिङ्ग मेशिन जस्ता विभिन्न प्रोडक्टहरुको सुचिमा अब नयाँ मोडलहरु पनि थपिएको छ ।

आकर्षक डिजाइन तथा स्टाइलिश प्रस्तुतिका साथै उक्त प्रोडक्टले ग्राहकहरुलाई अन्य विभिन्न किसिमका फिचर्सहरु पनि पस्केको छ जस्तै ः साइक्लोनिक फिल्टर सिस्टम, १२० वाटभन्दा बढिको शक्तिशाली सक्सन पावर, अटोमेटिक कर्ड रि–वाइन्डर तथा स्पीड कन्ट्रोल सिस्टम । स्काईवर्थ भ्याकुम क्लिनरहरुको १६०० वाट पावर र २२०–२४० भोल्टका साथै मेटल टेलिस्कोपिक ट्यूब, १.५ मिटर होज, र ४ मिटर लामो केबलका साथ बजारमा उपलब्ध छ ।

ग्राहकहरुलाई कम भन्दा कम मूल्यमा बढि विकल्पहरु तथा गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको प्रोडक्ट प्रदान गर्ने लक्ष्य अनुरुप उक्त प्रोडक्टलाई कम्पनीले बजारमा ल्याएको हो ।