४ मंसिर २०८३, शुक्रबार

प्रचण्डलाई रोक्न खोज्दा एमाले कैलालीका अध्यक्षसहित ७० जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhangadhi-band-2-768x576

धनगढी, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रोक्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलालीका अध्यक्षसहित ७० जनाभन्दा बढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली सदरमुकाम धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री आउनैलाग्दा उनलाई रोक्न सडकमा प्रदर्शनमा उत्रिएका बेला एमाले नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एमाले कैलाली अध्यक्ष दीर्घ सोडारीसहित सचिव रणबहादुर चन्द, नेता यज्ञराज बास्तोला युवा संघ नेपालका केन्द्रिय सदस्य मदन रेग्मी, अनेरास्ववियुका कैलाली अध्यक्ष चुडामणी भट्ट लगायत ७० जना भन्दा बढी नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।

धनगढी बन्द आह्वान गर्दै महोत्सव स्थल बाहिर टायर बाल्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । एमालेले बुधबार धनगढी बन्दको आह्वान गरेको छ ।

एमालेको बन्दका बीच प्रधानमन्त्री आउने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।