३ कार्तिक २०८३, मंगलबार

बंगलादेशमा निर्माण भएको नयाँ मोटरबाइक नेपाली बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

moter-cycleकाठमाडौं, २१ मंसिर । नेपाली बाइक बजारमा बंगलादेशी ब्रान्ड ‘रनर’ प्रवेश गरेको छ । रनर ब्रान्डलाई नेपालमा म्याट्रिक्स मोटोकर्प प्रालिले भित्र्याएको हो ।

नेपालमा सेल्स, सर्भिस, स्पेयर पार्ट्स र सेफ्टी राइडिङ गरी फोर एस सुविधा उपलब्ध गराउने कम्पनीको योजना भएको बताइएको छ ।

कम्पनीले देशभर डिलर नेटवर्क विस्तार गर्ने र यसैका लागि देशका प्रमुख सहरहरुमा डिलरको खोजी गरेको बताएको छ ।

बंगलादेशको रनर अटोमोबाइल्स लिमिटेडले रनर ब्रान्डका मोटरसाइकल उत्पादन गर्दै आएको छ ।

विशेष गरी १००, ११० र १२५ सिसीका मोटरसाइकल लोकप्रिय छन् । नेपालमा पनि यस्तै कम्युटर सेगमेन्टका मोटरसाइकल उपलब्ध गराउने कम्पनीको योजना रहेको बताइएको छ ।