३१ आश्विन २०८३, शनिबार

खुमबहादुर खड्काले भने- काँग्रेस पार्टी कमजोर हुँदैछ हामी सिद्धिन सक्छौ

17k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khakda

नेपालगन्ज, २० मङ्सिर । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रियता कमजोर बनाउने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेस बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म अहिले पनि धर्म निरपेक्षता र सङ्घीयताको पक्षमा छैन, पार्टीले त्यसको पक्षमा गरेको निर्णय महाधिवेशन बैठकबाट सच्याउनुपर्छ ।”

नेपाली काँग्रेस अरु कुनै वादको पछि नलागेर विपीवादी हुनुपर्नेमा जोड दिँदै उहाँले अहिले पार्टीलाई बलियो बनाउनुपर्ने आवश्यकता छ, कार्यकर्ता नेतामुखी होइन पार्टीमुखी हुनुपर्छ भन्नुभयो ।

“पार्टी अहिले इतिहासकै कठिन घडीमा छ, नेता बलियो र पार्टी कमजोर हुँदैछ, नेपाली काँग्रेस जबजब सरकारमा जान्छ पार्टी कमजोर हुन्छ, अब पनि यसको समीक्षा गरिएन भने हामी सिद्धिन सक्छौ’—उहाँको चिन्ता थियो ।

कार्यकर्ता भेटघाटका अवसरमा पार्टीका पूर्व जिल्ला अध्यक्ष सनत रेग्मी, युवराज शर्मा, गजेन्द्र हमाल, पूर्व सांसद मोहम्मदी सिद्धिकी र प्रचार समितिका प्रमुख कपिलदेव शर्माले पार्टीभित्र एकताको आवश्यकतामा जोड दिनुभएको थियो । रासस