नेपालगञ्ज, २० मंसिर । नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडको नेपालगंज स्थित आधिकारिक विक्रेता भुसाल इन्टरनेश्नल मार्फत महिन्द्राको नयाँ बिग बोलेरो पिक–अपका साथै TUV300 र KUV100 गाडीहरु अब नेपालगंजमा पनि उपलब्ध हुने भएको छ ।
उक्त तिनैवटा गाडीहरु महिन्द्राका लोकप्रिय मोडलहरु मध्ये हुन् भने नयाँ बिग बोलेरो पिक–अप नेपालमै सर्वाधिक विक्री हुने बोलेरो पिक–अपको नयाँ मोडल हो । उक्त तीन गाडीहरुसँगै नेपालगंजका ग्राहकहरुले भुसाल इन्टरनेशनल मार्फत महिन्द्राका उत्कृष्ट सेवाहरु पनि प्राप्त गर्ने कुरामा कम्पनी विश्वस्त छ ।
उत्कृष्ट डिजाइन, स्टाइलिश र आरामदायी इन्टिरियर, तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याचब्याक गाडीको मूल्यमा SUV गाडीको अनुभव प्रदान गर्ने KUV100 ग्राहकहरुमाझ एउटा नौलो प्रस्तुती हो । त्
यसैगरि “ब्याटल ट्यांक” को डिजाइनबाट प्रेरित TUV300 ले “टफ”, “बोल्ड” तथा “स्टाइलिश” True-Blue SUV को व्यक्तित्वका साथै महिन्द्राको बलियो र “रगेड्” डिएनए पाएको छ । साथै, Big Bolero Pik-UP ले भने नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने बिग कार्गो बक्स (9 ft long), 1500kg/1250kg बिग पेलोड, बिग पावर र बिग कम्फर्टेबल क्यबिन जस्ता Big फिचर्स प्रदान गर्नेछ ।
अग्नि इन्कर्पाेरेटेड
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै आई आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आफूलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।
















प्रतिक्रिया