काठमाडौं, १९ मंसिर । मोबाईल फोन आयात गर्ने व्यवसायीहरुको छाता संगठनको रुपमा मोबाइल फोन ईम्पोर्टस् एसोशिएसन गठन भएको छ ।
प्रख्यात व्यवसायी दिपक मल्होत्राको अध्यक्षतामा आइतबार राजधानीमा मोबाइल फोन ईम्पोर्टस् एसोशिएसन सार्बजनिक गरिएको हो ।
मोबाइल फोनको क्षेत्र बिस्तारसंगै सिर्जना भएका चुनौतीहरुको सांगठनिक रुपमा सामना गर्नका लागि मोबाइल फोन ईम्पोर्टस् एसोशिएसन गठन भएको अध्यक्ष मल्होत्राले जानकारी दिए ।
‘मोबाइल फोनको क्षेत्र विस्तारले उठेका ब्यापारिक चुनौतीहरु हामी आफै समाधान गर्न सक्षम भएपनि देशको शान्ति र सुरक्षामा समेत चुनौती उठे । त्यसपछि ब्यबसायमा संग्लग्न साथिहरुलाई यस्ता चुनौतीहरुप्रति सम्बेदनशील भै, अनुगमन गर्ने निकायहरु संग मिलेर सामना गर्नुपर्छ भन्ने सोचले यस मोबाइल फोन इम्पोर्टस् एसोसिएशन गठन भएको हो,’ अध्यक्ष मल्होत्राले भने- ‘यस क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउने र बजारमा नक्कली तथा अबैध आयात रोक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने यस संघको प्रमुख उद्देश्य हो ।’
उनका अनुसार यस संघका उद्देश्य देशको अर्थतन्त्रलाई सार्थक सहयोग पुर्याउनु पनि हो । ‘प्रभावकारी र सरल ऐनको छत्रछायाँमा, स्वच्छ र समान प्रतिस्पर्धा गर्ने अवसरको आशा लिएर मोबाइल फोन इम्पोर्टरस् एसोसिएशन आफ्नो काम सुरु गर्नेछ,’ उनले भने ।
















प्रतिक्रिया