३१ आश्विन २०८३, शनिबार

माओवादी नेता टोपबहादुरले भने- संविधान संशोधनमा पार्टीको ह्वीप मान्दिन्

30.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

top-bhadur-rayamaghi

काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संशोधनको प्रस्ताव माओबादी केन्द्रको प्रस्ताव नभई सरकारको प्रस्ताव भएको बताएका छन् ।

संविधान संशोधनको विषय पार्टीको निजी मामिला हुन नसक्ने भन्दै माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले यसमा पार्टीले ह्वीप लगाउन नसक्ने र आफू जस्तोसुकै अवस्थामा पनि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिने घोषणा गरे । 

पार्टी भित्र कुनै छलफल नगरि जानकारी मात्र गराएको आधारमा पार्टीको प्रस्ताव भन्न नमिल्ने भन्दै उनले माओबादी केन्द्रबाट संविधान संशोधनको प्रस्ताव पास नभएको जिकिर गरे । संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै रायमाझीले आन्दोलनकारीको माग पनि नभएको र त्यहाँका जनता र जनप्रतिनिधीको भावना विपरित कसको चाहनामा प्रस्ताव आएको यसले आफू आश्चर्यमा परेको बताए ।

जनचाहाना विपरित आएको प्रस्ताव कुनै पनि हालतमा पास नहुने भन्दै रायमाझीले सडक र सदनबाट व्यापक रुपमा प्रस्तावको प्रतिकार हुने बताए । आफू जनताबाट निर्वाचित प्रतिनिधी भएकाले जनता असन्तुष्ट भएको अवस्थामा आफूले संशोधन प्रस्तावको पक्षपोषण गर्न नसक्ने बताए ।

सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पास गरिए पाँच नम्बर प्रदेशमा मात्र होइन प्रत्यक प्रदेशमा किचलो सुरु हुने उनको भनाई छ ।

संविधान संशोधनको विषय पार्टीको निजी मामिला हुन नसक्ने भन्दै उनले यसमा पार्टीले ह्वीप लगाउन नसक्ने र आफू जस्तोसुकै अवस्थामा पनि संविधान संसोधनको प्रस्तावको विपक्षमा उभिने प्रतिबद्धता व्यत्त गरे ।