३१ आश्विन २०८३, शनिबार

संविधानमा उपेन्द्रको नयाँ प्रस्ताव- स्थानीय निकायमा गैरराजनीतिक निर्वाचन गरौं

33.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendrayadav-1

काठमाडौं, १९ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायमा गैरराजनीतिक निर्वाचनको नयाँ प्रस्ताव ल्याएका छन् ।

हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै यादवले स्थानीय निकाय विकासे संरचना भएकाले राजनीतिबाट मुक्त राख्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव ल्याएका हुन् ।

विज्ञ वा सामाजिक अगुवा व्यक्तिगत हैसियतमा चुनाव लड्ने र स्थानीय निकायलाई राजनीतिको प्रत्यक्ष प्रभावबाट मुक्त राख्नुपर्नेमा उनको जोड छ ।

‘२०४८ सालको संविधानमा गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालिन काँग्रेसले यो प्रस्ताव ल्याएको थियो । एमालेले मानेन । गाऊ विकास समिति भनेपनि विकासको गतिविधि भएन । सरकारको ढुकुटी बाँडीखाने ठाऊँ बन्यो । १७ बर्षसम्म निर्वाचनपनि हुन सकेन,’ यादवले भने ।

उनले माथिल्लो सदन राष्ट्रियसभाको गठन गर्दा स्थानीय निकायको मत गर्न नहुनेमा जोड दिए । प्रादेशिक संसद र संघीय संसदको आधारमा माथिल्लो सदनको गठन गर्नुपर्ने उनको माग छ ।

यादवले नेपालमा जन्मेकाले मात्र उच्च पद पाउँने गरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए । ‘विदेशीलाई नागरिकता दिन गरिब देश नेपालले सक्दैन । अंङ्गीकृत भन्ने नै हटाइदिऊँ । वैवाहिक बंशीकृत भन्ने राखौँ, नेपालमा जन्मेकोलाई मात्र उच्च पद भन्ने व्यवस्था गरौँ । मान्छन् ठूला दल ?,’ यादवले प्रश्न गर्दै भने ।

हेर्नुस् भिडियोः