३१ आश्विन २०८३, शनिबार

दाङको क्रिकेट टिमले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang-cricket– शरद रेग्मी

दाङ, १८ मंसिर । दाङको तुलसीपुरमा रहेको योङ स्टार युवा क्लबका खेलाडीहरू मत्रीपूर्ण क्रिकेट खेल्न थाइल्यान्ड जाने भएका छन् ।

थाइल्याण्डको स्थानीय कल्बको निमन्त्रणामा डिसेम्बर ९ देखि १४ तारिखसम्म हुने खेलको कप्तानी रुपेश शर्माले गर्ने छन् । मंसिर २४ गते १३ जना खेलाडी र प्रशिक्षकसहित २१ जनाको टोली थाइल्यान्ड प्रस्थान गर्नेछ ।

तुलसीपुरमा शनिबार पत्रकार सम्मेलन गरेर स्थानीय योङ स्टार क्लवका खेलाडीहरूले मैत्रीपूर्ण क्रिकेट खेलमा थाइल्यान्डको टिमलाई पराजित गर्ने आत्मविश्वास आफूहरूसँग रहेको बताए ।

तुलसीपुरको यो टिमले थाइल्यान्डको राष्ट्रिय टिमसँग पनि क्रिकेट खेल्नेछ ।