३१ आश्विन २०८३, शनिबार

अन्य छिमेकी मुलुकसंग सहकार्य गरी अब भारतसंग लड्नैपर्छः शंकर पोखरेल

64.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-pokharel-650x313

काठमाडौं, १८ मंसिर । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले नेपाल-भारत सम्बन्ध नेपालीहरुले सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन् ।

माईलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडले प्रकाशनमा ल्याएको ‘नेपाल भारत सम्बन्धः विगत, बर्तमान र भविश्य तथा पूर्वीय भौतिकबाद’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै एमालेका प्रभावशाली नेता पोखरेलले अहिले नेपाल-भारत सम्बन्ध नेपालीको पक्षमा नरहेको स्पष्ट पारे ।

नेता पोखरेलले भारतसंगको सम्बन्धका बारेमा नेपाल एक्लैले लड्ने भन्दापनि अन्य छिमेकी मुलुकसंग सहकार्य गरी पुनःपरिभाषित गर्ने बेला आएको बताए । ‘भारतसँगको सम्बन्धमा हामीले परिमार्जन गर्नैपर्छ । त्यसमा नेपाल एक्लै लड्नेभन्दा पनि अन्य छिमेकी मुलुकसँग सहकार्य गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीले हालै नेपाल भ्रमणका बेला बताउनु भएको नेपाल–भारत सम्बन्ध अन्य मुलुकसंग तुलना हुनै सक्दैन भन्ने भनाईप्रति टिप्पणी गर्दै नेता पोखरेलले भने– ‘कतै नेपाली जनताले यो सम्बन्धलाई पीडाको रुपमा अनुभुत गरेका त छैनन् भन्ने तर्फ विचार गर्नुपर्छ ।’