३१ आश्विन २०८३, शनिबार

मेस्सी, रोनाल्डो र ग्रिजम्यानवीच ठूलो प्रतिस्पर्धा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fifaलन्डन, १८ मंसिर । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आउँदो जनवरी ९ मा प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा उत्कृष्ट तीन जनाको नाम सार्वजनिक गरेको छ ।

वर्ष पुरुष खेलाडी, प्रशिक्षक, महिला खेलाडी, प्रशिक्षक तथा वर्षको उत्कृष्ट गोलका लागि मनोनयमा पर्ने अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको हो ।

वर्ष पुरुष खेलाडीमा लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र एन्टोनी ग्रिजम्यान अन्तिम तीनमा परेका छन् ।

उत्कृष्ट वर्ष प्रशिक्षक पुरुषतर्फ लिसेस्टर सिटीका क्लाउडियो रानिएरी, पोर्चुगलका फर्नान्डो सान्तोस र रियल मड्रिड जिनेदिन जिदान छन् ।

उत्कृष्ट वर्ष प्रशिक्षक महिलामा, अमेरिकाका जिल एलिस, जर्मनीका सिल्भिया निइद र स्वीडेनका पिए सनधागी छन् महिला खेलाडीतर्फ भने मेलनी बेरिङ्गर, कारली लाइड र मार्टा परेका छन् । – एजेन्सी