२ कार्तिक २०८३, सोमबार

‘आमा’ बनेकी पूजाका दुई फिल्म ‘कोइला’ र ‘कुशुम’ सम्पादनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pooja-rijalकाठमाडौं । आमाको अभियनमा जोडदार अभिनय गर्दै आएकी पूजा रिजाल पछिल्ला दिनमा अलि व्यस्त हुन थालेकी छिन् । उनीले हालै मात्र थप दुई फिल्ममा आमाको अभिनय गरेकी छिन् ।

पूजा अभिनित फिल्म ‘कोइला’ र ‘कुशुम’ चाँडै प्रदर्शनमा आउने तयारीमा छन् । सम्पादनमा रहेका यी फिल्मको बाँकी प्राविधिक काम भइरहेको निर्माण पक्षको भनाइ छ । दुबै फिल्ममा पूजाले आमाको भूमिकामा बेजोड अभिनय गरेको बताएकी छिन् । ‘आमाको भूमिकामा दुबै फिल्ममा अभिनय गरेकी छु’, उनले भनिन्, ‘मेरो तर्फबाट राम्रो काम गरेकी छु ।’

फिल्म शूटिङका बेला सबैको सहयोगले आफूले पाएको बताएकी पूजाले भनिन्, ‘फिल्म रिलिज भएपछि मेरो मूल्यांकन दर्शकले गर्नु हुनेछ ।’ नयाँ फिल्माहरूमा खेल्नका लागि प्रस्तावहरू पनि आइरहेको उनले बताइन् । ‘फिल्म खेल्न प्रस्ताव पनि आइरहेका छन्’, उनले भनिन्, ‘समय अभावले सबैमा काम गर्न भ्याउँदिन होला । तर केही फिल्म भने पक्कै खेल्ने छु ।’

‘उहिले बाजेको पालामा’बाट डेब्यू गरेकी पूजा त्यसपछि थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । आफूले अभिनय गरेका फिल्महरूबाट अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको पूजाको अनुभव छ ।