२ कार्तिक २०८३, सोमबार

र्‍याम्पमा ४१ राष्ट्रका सांस्कृतिक चिनारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-7-300x225काठमाडौं । नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीहरूले विश्वका ४१ राष्ट्रका सांस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदा र संस्कृतिको गरिमामय चिनारीलाई प्रतिविम्बित गर्ने पहिरन तयार गरेर र्‍याम्पमा प्रस्तुत गरेका छन् ।

उनीहरूले ती पहिरन विभिन्न मोडलमार्फत राजधानीमा एक समारोहमाझ र्‍याम्पमा प्रस्तुत गरेका हुन् । उनीहरूले नेपाल, भारत, चीनदेखि जापान, दक्षिण कोरिया, म्यानमार, थाइल्यान्ड हुँदै अमेरिका, बेलायत, फ्रान्स, पनामा, ब्राजिल, भेनेजुएला, दक्षिण अफ्रिकासम्मको यात्रा तय गर्ने क्रममा विश्वका ४१ राष्ट्रहरूको सम्पदा र संस्कृति संघ सम्बन्धित फेसन प्रस्तुत गरेका हुन् ।

सो कलेजमा फेसन डिजाइनिङमा स्नातकको पढाइमा अध्ययनरत ११औं ब्याचका ४१ विद्यार्थीहरूको अन्तिम परीक्षाको अभ्यासस्वरूप तयार गरेका पहिरन प्रदर्शन गरेका हुन् । सो ग्राजुएसन फेसन सोलाई उनीहरू ‘इन्कान्टिभोल क्रियसन’ शीर्षक दिएका थिए ।

‘विश्व सम्पदा र संस्कृति’ शीर्षक अन्तर्गत क्रिएटिभ चरणमा प्रस्तुत पहिरनमा फ्रान्सको पेरिसस्थित आइफिल टावर, ब्राजिलको साम्बा नृत्य, नेपालको स्वयम्भू, धरहरा, लुम्बिनी, रानीमहल, स्कटल्यान्डको लडाकु स्वरूप, अस्ट्रेलियाको राष्ट्रिय जनावर, क्विन भिक्टोरिया गार्डन, सिड्नी ओपेरा हाउसलाई विम्बात्मक रूपमा उतारेका थिए । यस्तै, प्राचीन इजिप्टको झल्को, टर्कीको सांस्कृतिक पक्षसहित अन्य देशका संस्कृतिलाई पनि फेसनमा देख्न पाइयो ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको सो फेसन कार्यक्रममा क्रिएटिभ राउन्डसहित पाँच सिक्वेन्समा फेसनहरू प्रस्तुत गरियो । प्रदर्शनमा ४० युवती एवं ८ युवा मोडललाई र्‍याम्पमा उतारिएको थियो । दोस्रो चरणमा युवा मोडलहरूले डेनिम जिन्स, अकर्षक र महत्व दर्साउने सर्ट, टिसर्टमा प्रस्तुत भए ।