२ कार्तिक २०८३, सोमबार

अमिर खानको घरबाट ८० लाखको गहना चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amir-kiranमुम्बई । मुम्बईको बान्द्रास्थित अभिनेता अमिर खानको घरबाट ८० लाख बराबरका गहना चोरी भएको छ ।

अमिरकी पत्नी किरण रावका नातेदारले गहना चोरी भएको उजुरी प्रहरीमा दर्ता गराएका हुन् । प्रहरीले घटनाबारे छानविन सुरु गरेको जनाइएको छ ।

अमिर खान र किरण राव कार्टर रोडस्थित एक अपार्टमेन्टमा बस्छन् । उनले गत सातामात्रै आफ्नो हिराको औठी र नेकलेस हराएको पत्ता पाएकी थिइन् । उनको घरमा काम गर्न बसेकी महिलाले गहना चोरेको आशंकासहित उजुरी हालिएको भएपनि यसको कुनै प्रमाण नभएको जनाइएको छ । – एजेन्सी